सिरहा-२ मा जसपाका यादव निर्वाचित

काठमाडौं । सिरहा–२ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसका चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राजकिशोरले २४ हजार १७८ मत ल्याएर विजयी हुँदा चित्रलेखाले २३ हजार २८ मत पाइन् ।

यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, राप्रपाका मुरली मिझारले ८७२, हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६९९ र स्वतन्त्र उम्मेदवार रामप्रकाश महतोले ६३९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..