सशस्त्र प्रहरी महानिरीक्षक र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा महानिरीक्षक अर्याल र राजदूत थम्पसनबीच भेटवार्ता भएको हो ।  

राजदूत भएर आएपछि थम्पसनको महानिरीक्षक अर्यालसँग भएको यो पहिलो भेट हो । भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदूतबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..