सिरहा-४ बाट जसपाका बिरेन्द्र महतो निर्वाचित

सिरहा । सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।

जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याए ।यस्तै एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ६८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगीना कुमारी झाले १ हजार ७३ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..