
पाल्पा । पाल्पा–१ नेकपा (एमाले)का नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । एमालेका आचार्यले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरमा पराजित गर्दै जीत निकालेका हुन् ।
३१ हजार १ सय ३ मत प्राप्त गरेर आचार्य निर्वाचित भएको निर्वाचन अधिकृत गोपालप्रसाद ढकालले बताए । उनका अनुसार कांग्रेसका गाहाले २० हजार २ सय ५६ मत प्राप्त गरे ।


त्यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार आचार्यले मतगणनाको सुरुआतदेखि नै अग्रता लिएका थिए ।