मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे ।


अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा अर्याल क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित भएका थिए ।

२०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ-५ मा उपेन्द्र यादवलाई पराजित गरेका अर्याल यो पटक पनि प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर क्षेत्र नम्बर ५ माओवादी केन्द्रको भागमा परेपछि अर्याललाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेशको टिकट दिएका थिए । अर्यालले आफूलाई मुख्यमन्त्री बनाउन देउवाले प्रदेशमा पठाएको बताउँदै आएका छन् ।मोरङ क्षेत्र नम्बर ५ को १ मा कांग्रेस उम्मेदवार गयानन्द मण्डल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजिपी धिरज प्रताप सिंहले उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका प्रहरी प्रमुख एसपीलाई निर्देशन दिएका छन् । मङ्सिर..