पाकिस्तानी प्रधानमन्त्रीले नयाँ सेनापति नियुक्त गर्दै

एजेन्सी । पाकिस्तानी सेनाले चाँडै नयाँ कमाण्डर पाउने भएको छ । नयाँ सेनापतिका लागि ६ वरिष्ठ जनरलहरूको नामको सूची प्राप्त गरेको प्रधानमन्त्रीको कार्यालयले पुष्टि गरेको छ ।

वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवाले ६ वर्षको कार्यकाल पूरा गरेपछि नोभेम्बर २९ मा राजीनामा दिँदै छन् ।

प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले बुधबार ट्विट गर्दै सेना प्रमुख र पदका लागि नाम प्राप्त गरेको जानकारी दिएको छ । ‘निर्धारित कार्यविधिअनुसार प्रधानमन्त्रीले नियुक्तिबारे निर्णय लिनेछन्,’ प्रधानमन्त्रीको कार्यलयद्वारा जारी  विज्ञप्तिमा भनिएको छ । बाजवाले सन् २०१६ नोभेम्बरमा मा तीन वर्षको लागि ६ लाख सेनाको नेतृत्व लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री इमरान खानले सन् २०१९ को अगस्टमा म्याद थपेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..