काठमाडौं-१ मा प्रकाशमानसिंह विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबिन्द्र मिश्रलाई १२५ मत अन्तरले पराजित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार सिंहले ७१४३ मत प्राप्त गरेका छन् भने मिश्रले ७०१८ मत प्राप्त गरेका छन् । गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

त्यस्तै यस क्षेत्रमा पुकार बमले ४११५ मत प्राप्त गर्दै तेस्रो भएका छन् भने नेकपा एमालेक किरण पौडेलले ३५३२ मत प्राप्त गर्दै चौथो भएका छन् । त्यसैगरी नेपाल सुशासन पार्टीका रमेश खरेलले ३१२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..