विदेशी लगानी बराबर नै लाभांश फिर्ता

काठमाडौं ।  नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपैयाँ लाभांश लगेका हुन् ।

जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ ।

यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपैयाँले मात्र कम हो, जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो ।

लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा पनि बढी हो। गत आवमा लगानीकर्ताले कुल ६५ करोड ८७ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेका थिए । गत आवको तीन महिनामा भने २३ करोड १५ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेको तथ्याङ्कले देखाउँछ ।

त्यसअघि आव २०७७/७८ मा लगानीकर्ताले कुल ३९ करोड ६७ लाख रुपैयाँ मात्र लाभांश लगेका थिए। सोही आवको तीन महिनामा जम्मा ५४ लाख रुपैयाँ मात्र लाभांश फिर्ता भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..