राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खनिएका छन् । चुनाव प्रचारको अन्तिम दिन मकवानपुरको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापा आफ्ना पुरानो सहकर्मी लिङ्देनविरुद्ध विश्वासघाती र अवसरवादी रहेको आरोप लगाउँदै आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।

थापाले झापामा नेकपा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाए । विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, केपी ओलीविरुद्ध संसदमा दुईपटक अविश्वास प्रस्ताव पेश हुँदा दुवै पटक अनुपस्थित भएर धोका दिएको उनले दाबी गरे ।


थापाले राप्रपाका उम्मेदवार दिपक सिंह देशीविदेशी शक्तिहरूको हतियारको रूपमा प्रयोग भएको समेत उल्लेख गरे । वर्तमान अवस्थामा गठबन्धनको अस्थिर सरकार भन्दा केपी ओली नेतृत्वको सरकार देशको निम्ति उपयुक्त रहेको राप्रपा नेपालका अध्यक्ष थापाले उल्लेख गरे ।


भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसकोविरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार मुलुकको बृहत्तर हितमा हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..