एक्सनमा नेपाल प्रहरी : पारिबाट नक्कली मतपत्र ल्याइयो, बिहारी पक्राउ

पर्सा । भारतबाट नक्कली भारतीय तथा नेपाली मुद्रा, स्रोत नखुलेको रकम र अवैध तरिकाले भारतीय बजारबाट सामान ओसार्ने क्रम सुनेका र देखेका छौं ।

तर एक जना भारतीयले १५ हजार थान नक्कली मतपत्र बोकेर ल्याउँदा पक्राउ परेका छन् ।पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौतास्थितमा भारतीय बिहार राज्यका ४० वर्षीय इजाजत अहमदले नक्कली मतपत्र ल्याएका हुन् । उनले १५ हजार थान नक्कली मतपत्र बोकेर ल्याएको प्रहरीले जनाएको छ ।


आगामी आइतबार हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रयोग हुने निर्वाचन आयोगको मतपत्र झैँ दुरुस्त मतपत्र ल्याइएको प्रहरीको दाबी छ । अहमदलाई हिजो दिउँसो नियन्त्रणमा लिइएको हो । त्यसबारे थप अनुसन्धान थालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..