सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको प्रबन्ध मिलाउनेछु : शशाङ्क कोइराला

कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नम्बर१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताएका छन् ।

कावासोती नगरपालिका–६ र १ को चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार डा. कोइरालाले चुनावपछि सुकुम्बासी समस्या समाधान हुने बताए । उनले भने, ‘सुकुम्बासी समस्या समाधान लालपुर्जाले मात्रै सम्भव छैन, यसका लागि रोजगारीको पनि उत्तिकै आवश्यकता पर्छ ।

यस विषयमा प्रधानमन्त्रीलाई पटकपटक ध्यानाकर्षण गराएको छु, अब नवलपुरमा कोही पनि सुकुम्बासी हुँदैन, लालपुर्जासहित आवश्यक रोजगारीको प्रबन्ध मिलाउने गरी कार्य अगाडि बढाउनेछु ।’

स्थानीयवासीको नगरस्तरीय रङ्गशाला बनाउने मागलाई सम्बोधन गर्दै नवलपुरमा अन्तर्राष्ट्रिय खेलग्राम बनाउने योजना रहेको हुँदा पहिला महत्वपूर्ण ठूला योजनालाई पूरा गर्दै नगरस्तरीय रङ्गशाला बनाउन सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले केरुङ्गे खोलाले आफ्नो धार परिवर्तन गरेर बस्तीलाई असर गर्न लागेको भन्दै यसको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए । नेता कोइरालाले कृषिउपजको उत्पादनलाई वृद्धि गर्न र बजारीकरणका लागि विशेष योजना बनाएको भन्दै विगतका आफ्ना अधुरा योजनालाई अब निर्वाचनपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..