राझा विमानस्थलका सुरक्षा प्रमुख भण्डारीको निधन

नेपालगन्ज । डिउटीमा रहेका बेला नेपालगन्ज स्थित राझा विमानका सुरक्षा प्रमुख सई प्रेमसिंह भण्डारीको निधन भएको छ । हृदयघातका कारण मंगलबार बेलुका भण्डारीको निधन भएको हो ।विमानस्थलको सुरक्षामा खटिएका बेला भण्डारीको स्वास्थ्यमा समस्या देखिएको थियो । डिउटी गरिरहेका बेला उनी एक्कासी लडेपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो ।


अस्पताल पुगेको केहि समयपछि भण्डारीको निधन भएको थियो । भण्डारीको निधनले नेपाल प्रहरी संगठनलाई ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बैतडी घर भएका भण्डारीले राझा विमान स्थलको सुरक्षा सम्हालेदेखि थुप्रै सुधारका प्रयासहरु गरेका थिए ।

उनको निधन सिंगो नेपाल प्रहरीको लागि ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसी रामप्रसा घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..