प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ


वीरगञ्ज । प्रहरीलाई अभद्र व्यवहार गरेको अरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ७ बस्ने मनोज कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो ।

रगञ्जको घण्टाघरमा क्रान्तिकारी युवा संगठनको नामबाट मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर टाँगेको थियो । उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर टाँगिएको ब्यानर प्रहरीले हटाउने क्रममा श्रीवास्तवले प्रहरीलाई अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


केही युवाले मधेशकेन्द्रित दलका उम्मेदवारलाई लाञ्छना लगाएर नारा लेखिएको ब्यानर टाँगेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा पर्सा क्षेत्र नं १ (२) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका बिशाल कुमार सर्राफ, तानविर अन्सरी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..