रुसी सेनाले खेरसनमा आधारभूत पूर्वाधार ध्वस्त पार्‍यो: राष्ट्रपति जेलेन्स्की

युक्रेन । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले खेरसन शहर छोड्नु अघि आधारभूत पूर्वाधारहरु ध्वस्त पारेको आरोप लगाउनुभएको छ ।


रुसी सेनाले सोही शहरका महत्वपूर्ण पूर्वाधारहरु बिजुली, पानी र संचार संरचनाहरु ध्वस्त पारेको उहाँको आरोप छ । रुसले गत फेब्रुअरीमा युद्ध सुरु भएदेखि कब्जा गरेको एकमात्र क्षेत्रीय राजधानी खेरसन छोडेपछि त्यहाँका जनतामा केही हदसम्म खुशीयाली छाए पनि बिजुली र पानीको अभावमा दैनिकी कष्टकर रहेको छ ।


युक्रेनी सेनाले सोही क्षेत्रका ६० भन्दा बढी बस्तीहरु पुनः नियन्त्रणमा लिन सफल भएको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनले स्थलगत रुपमा युद्ध जितेको दावी गर्दै आगामी दिनमा रुसलाई हराई छोड्ने दावी गर्नुभयो ।

यता अमेरिकाले खेरसन क्षेत्र पुनः युक्रेनको नियन्त्रणमा आउनुलाई असाधारण जित भनेको छ ।अमेरिकी राष्ट्रिय सुरक्षाका सल्लाहकार जेक सुलिभानले युक्रेनी सेनाको सीपका कारण रुसी सेना खेरसन छोड्न बाध्य भएको तर्क गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..