प्रकाशमान सिंहलाई भोट माग्दै बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट मागेका छन् ।

शुक्रबार बिहान काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सिंहसँगै घरदैलो कार्यक्रममा निस्किएका डा भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरे ।

उनले सिंहको पक्षमा मत माग्दै भने, ‘काठमाडौं क्षेत्र–१ का लागि सिंह योग्य र स्वच्छ छविको व्यक्ति हुन् । हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ । त्यसैले उहाँलाई भोट दिएर जिताउन आग्रह गर्छु ।’

त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे । उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..