अब अनलाइन सञ्चारमाध्यममा पनि चुनावको विज्ञापन गर्न पाइने

काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।

तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख नभएकोले सो सम्बन्धमा स्पष्ट गरी आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही प्रेस काउन्सिलमा सूचिकृत भएका अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय गरेको हो ।

के-के प्रशारण गर्न पाइन्छ ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..