चुनावी सभालाई सम्बोधन गर्न पुगेका विरोध खतिवडामाथि गाडीबाट ओर्लनेबित्तिकै हातपात

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) बाट मकवानपुर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका विरोध खतिवडामाथि हातपात भएको छ ।


बुधबार मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा पुगेर गाडीबाट ओर्लनेबित्तिकै एक जना पुरुषले उनीमाथि हातपात गरेका हुन् ।


खतिवडामाथि हातपात गर्ने व्यक्ति उपमहानगरपालिका–२ का ५५ बर्षीय (अन्दाजी) पुरुषोत्तम खड्का रहेका बताइएको छ । हातपात गर्ने खड्कालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धानका गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको र पुरानो रिसइबीका कारण खतिवडामाथि रिस साँधेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..