जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ बस्ने ईदु साई छन् ।

नलाई गुलरिया नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले रातोपाटीलाई बताए । २०७९ वैशाखमा उच्च अदालत पाटनले उनलाई ४ लाख ९० हजार जरिवाना हुने ठहर गरेको थियो ।


फैसलापछि उनी फरार थिए । जरिवाना तिर्न नसकेपछि उनलाई अदालतको आदेशले कारागार चलान गरिएको डिएसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..