प्रहरीले नष्ट गर्यो झन्डै २९ हजार लिटर अवैध मदिरा

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट बरामद गरिएका २९ हजार लिटर अवैध मदिरा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले २८ हजार ८८३ लिटर मदिरा नष्ट गरेको छ।

प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा मदिरा नष्ट गरेको हो। चुनाव नजिकिएसँगै प्रहरीले अवैध तरिकाले बनेका मदिरा नष्ट गर्न थालेको परिसर प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

मदिरा सेवनका कारण सवारीसाधन दुर्घटना हुने, झगडा, घरेलु हिंसा, हत्या लगायतका घटनाहरू हुने गरेको भन्दै प्रहरीले विभिन्न ठाउँमा खोजी गरी मदिरा बरामद गरेको हो। प्रहरीले योसँगै मापसे नगर्न र मापसे गरी सवारीसाधन नचलाउन अनुरोध गरेको छ।


मापसेपछि घरेलु हिंसा, झगडा, हत्या लगायतका आपराधिक घटना हुनेभएकाले सचेत बन्न र आफूसँगै परिवार समेतलाई जोगाउन परिसरको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..