डलर साट्ने बहानामा ठगी, दुई जना पक्राउ

काठमाडौं । डलर साट्ने बहाना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कबाट डलर साट्ने बहाना पारी वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका-६ घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रदीप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दीपक कुमाल रहेका छन् ।

ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँ बसपार्कमा बसको प्रतीक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बहाना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..