पत्रकार आलोक यादवद्वारा ध्यानाकर्षण

लहान । सुरक्षाबिटमा कलम चलाउँदै आएका पत्रकार आलोक यादवले आफू माथी शंकाउपशंकाको भरमा बिभिन्न आरोपप्रत्यारोप लगाएको भन्दै ध्यानाकर्षण गराएकाछन् ।

जनप्रभाव साप्ताहिक,सुरक्षा खबर अनलाईन र महावत्ती बिज्ञापन एजेन्सी एन्ड मिडीया हाउस प्रा.लि. का सञ्चालक यादवले नेपाल भारत सीमामा नेपाल प्रहरी , शसस्त्र प्रहरीका घुमुवा र सिमा प्रहरी , ईलाका प्रहरी र सशस्त्र प्रहरीको ( बिओपि) का प्रमुखहरुले अवैध रुपमा भारतबाट नेपाल भित्रयाईएका ब्यापारीक प्रायोजनका सरसामानहरु पक्राउ गर्दा आलोकले पक्राएको भनेर आरोप लगाईने गरेकोप्रती खेद ब्यक्त गरेकाछन् ।

मेरा शुभचिन्तक, साथी,गाउले दाजु भाइहरुसँग केही ब्यापारीहरुले आलोक यादवले आफ्नो सामान पक्राउ गरेको भन्ने गरिएको छ , सुरक्षाबिटमा कलम चलाउँदै आएका पत्रकार यादवले भने , तर कसैको सामान पक्राउ गर्ने म प्रहरी होईन पत्रकार हुँ। सीमा क्षेत्रलाई आधार क्षेत्र बनाएर रिपोर्टिगं गर्ने सञ्चारकर्मी भएकाले नेपाल भारत सीमामा बाक्लै आउजाउ हुन्छ । आलोकले सामान पक्राउ गरायो भनेर शंकाको भरमा भ्रमको खेती नगर्न म सबैलाई आग्रह गर्न चहान्छु’ ।

भारतबाट अवैध रुपमा नेपाल भित्रयाईने ब्यापारिक प्रायोजनका सामानहरु ल्याउन रोक लगाउन भुमिका खेलेको भन्दै केही दीन अघि सत्यनारायण मण्डल , बिबेक यादव र रवि भुजेलले पत्रकार आलोक यादवमाथी ज्यान लिने प्रयास गरिएको थियो ।

प्रहरीका घुमुवाहरुले पनि आलोकले काम बन्द गराएको भनेर भ्रम छर्ने गरेको बताउँदै पत्रकार यादवले भने , कोही पनि भ्रममा नपरोस् । सीमामा काम खोल्ने र रोक्ने अधिकार मलाई छैन । म समाचारको खोजीमा नेपाल भारत सीमामा आउजाउ गर्ने गर्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..