प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत थोम्पसन भेट


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..