यस्तो छ गुजरातमा भाँचिएको पुलको कहानी

एजेन्सी । भारतको गुजरातको मोरबी जिल्लाको मच्छु नदीमाथि बनेको झोलुङ्‍गे पुल भाँचिएको छ।

आइतबार साँझ सो पुल भाँचिदा करिब १४१ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

मोरबीको गौरव मानिने यो पुल १४३ वर्ष पुरानो हो। समाचारमा जनाइएअनुसार मोरबी पुल भारत स्वतन्त्र हुनुअघि बेलायती शासनकालमा बनेको थियो।

माच्छु नदीमा बनेको यो पुल मोरबीको प्रमुख पर्यटकीयस्थल थियो।

मोरबीका राजा प्रजावत्सली वाघजी ठाकोरले यो पुल बनाएका थिए। जसको उद्घाटन १८७९मा भएको थियो।

राजा ठाकोर दरबारबाट मोरबी पुल हुँदै राजदरबारमा जाने गर्दथे भनिएको छ।

ब्रिटिस इन्जिनियरहरुले बनाएको सो पुलको निर्माण अत्याधुनिक प्रविधिको प्रयोग गरिएको थियो।

बेलायती शासनकालमा बनेको यो पुल राम्रो इन्जिनियरिङको प्रतीकको रुपमा मानिन्छ।

राजकोट जिल्लाबाट ६४ किलोमिटर टाढा मच्छु नदीमाथि बनेको यो पुल सबैको आकर्षणको केन्द्र थियो।

७६५ फुट लम्बाई र ४ फुट चौडाइ भएको पुल ऐतिहासिक भएकाले गुजरातको पर्यटकीय सूचीमा परेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..