माओवादी केन्द्रको प्रतिबद्धतापत्र : संविधान आवश्यकताअनुरूप परिमार्जन, लक्ष्य समाजवाद


काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावकेन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्तावदेखि स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने उल्लेख छ ।

धर्म निरपेक्षतालाई आत्मसात् गर्दै विपन्न, असहाय, सीमान्तकृत, लोपोन्मुख र उत्पीडित वर्गका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ । यस्तै, वर्तमान परिवर्तन र संविधानलाई आवश्यकताअनुरूप परिमार्जन र विकास गर्दै लगिने भनिएको छ ।

नेपाललाई समाजवादमा लैजाने नै रणनीतिक लक्ष्य एवम् कार्यभार रहेको पनि प्रतिबद्धतापत्रमा भनिएको छ । २१ औं शताब्दीअनुरूपको समाजवादी नेपाल निर्माणका निम्ति नीति, कार्यक्रम र आचरणमा केन्द्रित हुने पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..