कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी


कारगिल । सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् ।

एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिएका छन् । प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन आजै यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्रीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आएका छन् । उनले सेनाका जवानलाई मिठाई बाँड्नका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गरेका थिए ।

सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा पाँच सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि उहाँले श्रद्धाञ्जली अर्पण गरे ।

सशस्त्र बल देशको खम्बा भएको बताए । सिमाना सुरक्षित हुँदा राष्ट्र सुरक्षित हुने तथा अर्थतन्त्र बलियो हुने यथार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले प्रकाशको पर्व दीपावलीले विश्व शान्तिको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । साथै उनले सेनाका सकल दर्जामा शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..