लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात, १३ हजार मेगावाट खपत

काठमाडौं । लक्ष्मीपूजाका दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत छ ।काठमाडौं । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो ।

सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो । यस वर्ष गत वर्षको तुलनामा लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी रहेको छ ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । यसवर्ष लक्ष्मी पूजाका दिन पिक देशभित्रको १४०० मेगावाटको डिमाण्ड हुने प्राधिकरणको अनुमान रहेको थियो । लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८० मेगावाट विद्युत भारत निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..