टी-२० विश्वकप : कोहली चम्किँदा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित


एजेन्सी । मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल फालेपछि टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ ।


१६० रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो ।सुरुवाती तीन बलमा २ रन खर्चेर हार्दिक पाण्ड्याको विकेट लिएका नवाजले पाकिस्तानलाई जितको आशा दिलाएका थिए । तर, चौथो बलमा नवाजले फालेको नो बलमा भारतका पूर्व कप्तान विराट कोहलीले छक्का प्रहार गरेपछि भारतलाई जित सहज भएको हो ।


अन्तिम १ बलमा भारतलाई २ रन आवश्यक थियो । तर, नवाजले वाइड बल फाले र स्कोर बराबरी भयो र भारतले थप एक बल खेल्न पायो । यो अवसरलाई सदुपयोग गर्दै रविचन्द्रन आश्विनले १ रन बनाएर भारतलाई जिताए ।
भारत र पाकिस्तानबीचको खेल विश्व क्रिकेटमा सधैं बहुप्रतिक्षीत रहने गर्छ ।

विश्वकपमा पाकिस्तानसँग विरलै हारेको भारतले रोमान्चक अन्तिम ओभरमा जित हासिल गरेको हो ।भारतलाई जिताउन सुपरस्टार कोहलीले अविजित ८२ रनको योगदान गरे । उनले ५३ बलमा ४ छक्का र ६ चौका हिर्काए ।खराब सुरुवात गरेको भारतका लागि मध्यक्रमका ब्याटरले जितको आधार तय गरेका थिए । ओपनरद्वय कप्तान रोहित शर्मा र केएल राहुल समान ४ रनमा आउट भए ।

उच्च लयमा रहेका सूर्यकुमार यादवले १५ र अक्षर पटेलले २ रन बनाएर आउट हुँदा भारत ६.१ ओभरमा ३१–४ को कठिन स्थितिमा थियो ।तर, कोहली र हार्दिक पाण्ड्याले पाँचौं विकेटका लागि ११३ रनको शतकीय साझेदारी गरे । अन्तिम ओभरको पहिलो बलमा क्याचआउट हुनुअघि हार्दिकले ३७ बलमा २ छक्का र १ चौकाको सहयोगमा ४० रन बनाए ।बलिङतर्फ पाकिस्तानका लागि हरिस रफले सर्वाधिक २ विकेट लिए ।

नासिम शाहले १ विकेट लिए ।यसअघि, मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो ।पाकिस्तानले पनि सुरुवात राम्रो गरेको थिएन ।

उच्च लयमा रहेका ओपनरहरु कप्तान बाबर आजम र मोहम्मद रिजवनलाई चाँडै गुमाएर दबावमा रहेको पाकिस्तानका लागि सान मशुद र इफ्तिकार अहमदले अर्धशतकीय योगदान गरेका थिए । मशुदले ५२ र इफ्तिकरले ५१ रन बनाए ।

अन्तिम क्रममा आएर सहिन साह अफ्रिदीले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बलिङमा भारतका लागि अर्शदीप सिंह र हार्दिक पाण्डेयले ३–३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..