सुरक्षित यात्राका लागि चालकको स्वास्थ्य जाँच सवारी साधनको मेकानिकल परिणक्षण उदघाटन


बारा । सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी बाराले अमलेखगञ्जमा चालकको स्वास्थ्य जाँच, सवारी साधनको मेकानिकल परीक्षण तथा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख नान्तिराज गुरुंगले यात्रुवाहक सवारी साधन चलाउने चालकको स्वास्थ्य अवस्था, यात्रुवाहक सवारी साधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्ने र समस्या वा खरावी देखिएमा उपचारात्मक पद्धतिमा जानको लागि सुझााव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

शनिबार लामो तथा छोटो दुरीका यात्रुसवार बस तथा टाटा सुमोका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । चालकहरुको स्वास्थ्य अवस्थामा समस्या हुँदा पनि सवारी दुर्घटना हुने गरेको, चालकले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने जस्ता कारणले दुर्घटना निम्त्याउने, साथै सावारी साधन समयमा मर्मत नगर्ने, सवारी साधनको यान्त्रिकी परीक्षण नगरी चलाउने गर्दा दुर्घटना निम्तन सक्छ भन्दै ट्राफिक प्रहरी कार्यालयले शिविर सञ्चालन गरेको ट्राफिकका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।


शिविरमा चालकको आँखा परीक्षण, रक्तचाप परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रमलाई विवेक अटोमोवाइल्स प्रा. लि छाता पिपरा, नेपाल मेडीसिटि वयोधा हसिपटल, पर्सा र नेपाल आँखा अस्पताल औराहा बाराको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, लगायतका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..