हत्या गरि फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ

अर्घाखाँची।छिमेकीकाे हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आईतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भूमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षीय शालिक बहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखी फरार रहेका थिए । प्रहरी निरीक्षक अर्जुन पाैडेलकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।


गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो । उनीहरू २०६७ साल माघ २५ गते आफ्नै छिमेकी ४० वर्षीय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए । जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।

जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा पेश गरि प्रक्रिया अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..