हत्या गरि फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ

अर्घाखाँची।छिमेकीकाे हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आईतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भूमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षीय शालिक बहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखी फरार रहेका थिए । प्रहरी निरीक्षक अर्जुन पाैडेलकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।


गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो । उनीहरू २०६७ साल माघ २५ गते आफ्नै छिमेकी ४० वर्षीय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए । जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।

जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा पेश गरि प्रक्रिया अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..