भूमिगत टुकुचा उत्खनन् गर्न नपाइने,मेयर बालेनको निर्णयमा लाग्यो धक्का

काठमाडौं । काठमाडौंको हात्तीसारमा टुकुचा खोला उत्खनन् गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले भूमिगत संरचना खोतल्ने क्रममा भेटिएको टुकुचा राणाकालीन संरचना भएको पुष्टि भएसँगै टुकुचा थप खोतल्न नपाइने भएको छ ।

अब महानगरपालिकाले भूमिगत संरचना खोजीका लागि चलाएको डोजर टुकुचामा चलाउन नपाइने भएपछि मेयर बालेन साहलाई धक्का लागेको छ । पुरातत्व विभागले टुकुचामा महानगरले डोजर चलाएपछि थप अध्ययन गरेको थियो। हात्तीसारमा भेटिएको टुकुचा उत्खनन्‌को साटो संरक्षण र संवर्द्धन गर्नुपर्ने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

आगामी दिनमा महानगरपालिकाले भूमिगत संरचना खोजी गर्दा यसलाई क्षति नहुने गरी गर्नुपर्ने उनले बताए । नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म भूमिगत रूपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार इँटा र सुर्की चुना प्रयोग गरेर सुरुङ निर्माण भएको छ। प्रयोग भएको इँटामा श्री–३ वीर लेखिएको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..