नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज (शुक्रबार) र।ष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदूत थम्प्सनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

दूतावासले आफ्नो फेशबुक पेजमार्फत राजदूत थम्प्सनले ओहोदाको प्रमाणपत्र बुझाएको तस्विर सार्वजनिक गरेको छ। पेजमा राजदूत थम्म्पसनको पनि भनाई उल्लेख गरिएको छ । उनले भनेका छन्“नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो ।

अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..