महानगरको बेवास्ताले पशु बधशाला अलपत्र


विराटनगर । विराटनगर–८ अशोक चोकमा निर्माण सुरु गरिएको बधशाला लामो समयदेखि अलपत्र परेको छ । महानगरबासीले स्वस्थ मासु उपभोग गर्न पाऊन् भन्ने उद्देश्यका साथ २०६६ सालबाट निर्माण सुरु भएको पशु बधशाला अहिले सम्म अलपत्र अवस्थामा छ ।


१ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको अलपत्र बधशालाका निर्माण गरिएका संरचना पनि जीर्ण भइसकेका छन् । जुन संरचना निर्माण गर्न पुनः उति नै रकम खर्चिनुपर्ने अवस्था आइसकेको स्थानीय बताउँछन् । बधशालाले कहिले पूर्णता पाउला ? विराटनगरका आरिफ इराकी भन्छन्, बनेका संरचना पनि सबै जीर्ण भइसकेका छन् । पुनः बनाउँदा उति नै रकम खर्च गर्ने अवस्था देखिन्छ । महानगरले यस विषयमा ध्यान दिन आवश्यक छ ।


पछिल्लो समय बधशाला लागुऔषध प्रयोगकर्ता, प्रेमिल जोडी, जुवातास खेल्नेको अडडाको रूपमा विकास भइरहेको स्थानीय बताउँछन् । बधशाालले पूर्णता पाउँदासम्म २५ करोडभन्दा बढी खर्च हुने महानगरले जनाएको छ । महानगरले विभिन्न समयमा डिपिआर तयार भइसकेकाले चाँडै निर्माणको काम सुरु हुने बताउँदै आए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।


महानगरले अब भने चाँडै काम सुरु हुने बताएको छ । महानगरका भेटेरिनरी शाखा प्रमुख हिरालाल यादवले पशु सेवा विभागले पनि स्वीकृति दिइसकेकाले चाँडै काम सुुरु हुने बताए । गत वर्ष नै निर्माण सुरु गर्ने कुरा भए पनि केही प्राविधिक कारणले समस्या भयो, उनले भने, डिपिआर संशोधन भइसकेको छ, पशु सेवा विभागले पनि स्वीकृति दिइसकेको छ ।


कहिले के नमिल्ने कहिले के नमिल्ने भएर समस्या भएको थियो, उनी थप्छन्, अब सबै मिलिसक्यो । १ वर्षभित्रमा निर्माण सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..