हिलेबाट धरानतर्फ आउँदै गरेको पिकअपमा आगलागी


धरान। धनकुटा स्थित साँगुरीगढी गाउँपालिकामा राजमार्गमा गुडिरहेको पिकअप गाडीमा आगो लागेको छ ।
कोशी राजमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक हिलेबाट धरानतर्फ आउँदै गरेको प्रदेश नं।२–०१–००१ च ०२४१ नम्बरको पिकअप गाडीमा अन्दाजी २ बजे आगो लागेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।


वायरिङ सर्ट भएर गाडीमा आगो लागेको हुनसक्ने प्रहरीको अनुमान रहेकोछ । लाग्ने वित्तिकै चालक निस्किएकाले मानवीय क्षति भने हुँन नपाएको प्रहरीले जनाएको छ ।

आगोको कारण पिकअपको अगाडिको भाग जलेको छ । करिब आधा घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..