घाइते सईलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो


बयलवास । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका सर्लाहीको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) लालबाबु पाललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

उनलाई बिहीबार बिहान जनकपुरबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज लगिएको हो । सवारी दुर्घटनाको सीसीटिभी फुटेज खोज्न भन्दै बुधबार दिउँसो बयलवासस्थित कार्यालयबाट लालबन्दीतर्फ आउँदै गर्दा रौतहट घर भएका सई पाल सवार मोटरसाइकल पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१७, रानिगञ्जमा कुकुरसँग ठोक्किएर अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार प्रहरी सहायक निरीक्षक (असई) विपीन झा सामान्य घाइते भएका छन् । दुर्घटना लगत्तै गम्भीर घाईते सई पाललाई उपचारका लागि लालबन्दी बजारस्थित गढिमाई अस्पताल ल्याइएको थियो ।

यहाँ उपचार सम्भव नभएपछि तत्कालै धनुषाको लालगढस्थित मोडेल अस्पताल पु¥याइयो । सई पाललाई त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ लान नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो ।

काठमाडौँबाट बुधबार साँझ अबेर आएको सेनाको हेलिकप्टर मौसम खराबीले गर्दा बुधबार फर्किएर जान सकेन । हेलिकप्टर फर्किन नसकेपछि घाइते सईलाई सिटीस्क्यान गर्न बुधबार राति जनकपुरस्थित काब्या अस्पताल पु¥याइएको थियो ।

उनलाई बुधबार रातभर सोही अस्पतालमा राखेर बुधबार बेलुका काठमाडौँबाट आएर महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको ब्यारेकमा बसेको सेनाको हेलिकप्टरमार्फत बिहीबार बिहान थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख एवं प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

बिहानको मौसम सफा भएपछि बर्दिवासमा राखिएको हेलिकप्टर जनकपुर लगेर घाइते सईलाई उद्धार गरी काठमाडौँ लगिएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..