अरिंगालको टोक्दा एकजनाको मृत्यु, दुई घाइते


खोटाङ । अरिंगालको टोकाइबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ।
हिँडिरहेका वेला शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिंगाललेटोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो ।


उनीसँगै हिँड्दै गरेका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन्। घाइते दुवैको उपचार जिल्ला अस्पताल खोटाङमा भइरहेको प्रहरीले जनाएको छ । दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।


मृतक परियार फरक क्षमताका थिए । उनको शरीर सामान्य मानिसको भन्दा अस्वभाविक बढी मोटो थियो । शरीर मोटो भएकै कारण भाग्न नसक्दा अरिंगालको टोकाइबाट उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दा उजुर राईले बताए।मृतक परियार मावलीघर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..