लाेसपाकाे सहकार्य एमालेसँगै हुन्छ: लक्ष्मणलाल कर्ण

काठमाडौं । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले नेकपा (एमाले) सँग गठबन्धन नभए पनि सहकार्य हुने ठाेकुवा गरेका छन्।

“नेकपा एमालेसँगकाे वार्ता सकारात्मक छ। हामीले संघमा १५-१६ र प्रदेशमा ३०-३२ सिट प्रस्ताव गरेका छाैं। हेराैं आज के हुन्छ?” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने।

एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन गरे के गर्नुहुन्छ भन्ने धमलाकाे प्रश्नमा उनले भने, “आजकाे दिनसम्म उपेन्द्र यादवले गठबन्धन छाडेकाे घाेषणा गर्नुभएकाे छैन। गठबन्धनले पनि जसपा बाहिरिएकाे भनेकाे छैन।

एमालेले जसपा, राप्रपा, जनमत जाेसँग सहकार्य गरे पनि राेक्ने, छेक्ने काम गर्दैनाैं। हाम्राे सहकार्य एमालेसँगै हुन्छ।” कर्णले चुनावमा पार्टी फेरेका लाेसपाका नेता नभएर मान्छेहरू मात्र भएकाले जनताले मतलब नगर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..