काँग्रेसको समानुपातिकतर्फको सूचीमा रहेका यीनको सांसद बन्ने सम्भावना बलियो (नामसहित)

काठमाडौं । नेपाली काँग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० उम्मेदवारहरुको अन्तिम नामावली बुझाइसकेको छ । १६ असोजमा क्लस्टर मिलाएर र नाम फिर्ता लिनुपर्नेको लिएर नयाँ राखेर बुझाएको हो ।

क्रमानुसार काँग्रेसले राखेको नामका आधारमा उसले दलिततर्फ १३.८, आदिवासी जनजातितर्फ २८.७, खस आर्यतर्फ ३१.२, मधेशीतर्फ १५.३, थारुतर्फ ६.६ र मुस्लिमतर्फ ४.४ प्रतिशत सुनिश्चित गरेर नाम राखेको छ । यो निर्वाचन आयोगको समानुपातिक निर्वाचन निर्देशिका अनुसारको अनिवार्य व्यवस्था हो ।

काँग्रेसले २०७४ को निर्वाचनमा प्राप्त गरेको समानुपातिकतर्फको मत र अन्य दलले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँड हुँदा ४० सिट प्राप्त गरेको थियो । त्यतिबेला प्रतिनिधि सभामा काँग्रेस, एमाले, माओवादी, तत्कालीन संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीमात्रले समानुपातिकमा सिट पाउने गरी थ्रेसहोल्ड नघाएका थिए । यसपटक थप दलहरुले थ्रेसहोल्ड नघाएमा काँग्रेसको विगतकै बराबर मत आउँदा पनि सिट घट्न सक्छ ।

काँग्रेसले विगतमा जस्तै ४० सिट समानुपातिकतर्फ जितेमा दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिमको ५० प्रतिशत पहिले सिट सुनिश्चित गरिन्छ । त्यसपछि क्रमानुसार बाँकी माथि रहेका नामहरुले प्रतिनिधित्व पाउनेछन् । यसलाई आधार मान्दा माथिल्लो नम्बरमा नाम रहेका प्रकाशशरण महत, दोस्रोमा रहेका वसन्त भट्टराई, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई सांसद बन्ने सम्भावना बलियो रहेको देखिन्छ ।

महिलामा अम्बिका बस्नेत, सरिता प्रसाईं, डा. आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, कान्तिका सैजवालको सम्भावना बलियो देखिन्छ ।

आदिवासी जनजाति पुरुषमा गोपालमान श्रेष्ठ, केशरमान रोक्का, सन्दिप रानाको सम्भावना बलियो बनेको छ । आदिवासी जनजाति महिलातर्फ सरस्वती बजीमय, लिला बोखिम, सीता रानामगरको सम्भावना बलियो देखिन्छ ।

दलित पुरुषतर्फ जीवन परियार, लोकबहादुर सुनार, महा सहनाई नेपाली, दलित महिलातर्फ शान्ति परियार, रुपा विकर सीता मिजारको सम्भावना बलियो बनेको छ ।

मधेशी पुरुषतर्फ विमलेन्द्र निधि, अनिल रुंगटा र रामचन्द्र तिवारी र महिलातर्फ नगिना यादव, मुक्ताकुमारी यादव र चन्दा चौधरीको सम्भावना बलियो बनेको छ । थारुतर्फ योगेन्द्र चौधरी र थारु महिलातर्फ कल्पना चौधरीको सम्भावना बलियो बनेको छ ।

मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र मुस्लिम महिलातर्फ जावेदा खातुन जागाको सम्भावना बलियो देखिन्छ ।

समावेशीको प्रतिशतको आधारमा मिलेपछि महिलाको ३३ प्रतिशत सुनिश्चित हुनेगरी मिलाउँदा त्रैलोक्यप्रताप सेन, डिल्लीबहादुर कार्की, मैना रावल, रमा कोइराला, गोपाल सिं राजभण्डारी, कृष्ण घर्ती मगर, सुलिता थिङलगायतले पनि मौका पाउने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..