बाबुराम ब्याक भएपछि गोरखा २ मा प्रचण्डको नाम


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेपछि उनको क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने चर्चा सुरु भएकाे छ ।


चितवनमा नेपाली काङ्ग्रेसबाट असहयाेग हुने सम्भावना बढेपछि प्रचण्डले गोरखा २ बाट चुनाव लड्ने तयरी गरेका हुन् । उनका सहकर्मी डाक्टर भट्टराईले उम्मेदवार नबन्ने घोषणा गरेपछि उनकाे क्षेत्रमा प्रचण्डले उठ्ने तयारी गरेकाे माओवादी केन्द्रका एक नेताले बताए ।


प्रचण्डले चितवन ३ बाट नै चुनाव लड्ने बताइरहेका छन् । बाबुराम भट्टराई ब्याक भएपछि प्रचण्ड गोरखा २ बाट उठ्ने सम्भावना बढेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए । यद्धपि प्रचण्डले केही प्रतिक्रिया दिएका छैनन् ।
बाबुराम भट्टराई निकट विद्यार्थी नेता रुपनारायण श्रेष्ठले गोरखा २ बाट प्रचण्ड उम्मेदवार बन्ने निर्णय भएको बताएका छन् ।


सामाजिक सञ्जालमा उनले लेखेका छन् ” कम्रेड प्रचण्डले गोरखा(२ बाट संघीय संसदको लागि उम्मेदवारी दिने । उहाँ माओवादी र नेसपाको मात्रै उम्मेदवार होइन । गोरखाको लागि साझा उम्मेदवार हुनुहुनेछ। उहाँ गोरखा आउने खुशीकै कुरा हो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजिपी धिरज प्रताप सिंहले उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका प्रहरी प्रमुख एसपीलाई निर्देशन दिएका छन् । मङ्सिर..