संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता


संखुवासभा । खाँदबारी नगरपालिका –९ तुम्लिङटार स्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा खाँदबारी –७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।


सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका उनीहरू घर नफर्किए पछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए।बेपत्ता बाबु छोरा खोजीकार्य भइरहेको प्रहरी डिएसपी गोदारले बताए। डिएसपी गोदारका अनुसार सभाखोला किनारमा प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुन लगायत सामग्री भेटिएको छ।


बेपत्ताहरूको खोजी कार्यमा दुई जना प्रहरी निरिक्षकको कमाण्डमा विभिन्न स्थानमा प्रहरी टोली बिहान देखिनै खोजी कार्य तिव्र पारिएको डिएसपी गोदारले बताए। बेपत्ता भएका काफ्ले अरुण तेस्रो आयोजनामा सवारी चालकको रुपमा कार्यतर रहेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजिपी धिरज प्रताप सिंहले उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका प्रहरी प्रमुख एसपीलाई निर्देशन दिएका छन् । मङ्सिर..