चितवनमा मासु घाँटीमा अड्किएर एकको मृत्यु


चितवन । मासु खाँदा घाँटीमा अड्किए पछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।


सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका एसपीलाई आईजिपी सिंहको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजिपी धिरज प्रताप सिंहले उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्लाका प्रहरी प्रमुख एसपीलाई निर्देशन दिएका छन् । मङ्सिर..