कांग्रेस शीर्ष नेताहरुलाई भ्याईनभ्याई, आज बालुवाटारमा लगातार बैठक

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा जुट्ने भएका छन् ।

अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने बताईएको छ । छलफलमा सभापति देउवासँगै नेताहरु शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतका नेताहरु सहभागी हुने जनाईएको छ ।

कांग्रेसले सत्ता गठबन्धनमा ८६ सिट राख्ने सहमति भएको छ । सोहीअनुसार सहमतिमा उम्मेदवार छनौट गरिने भएको छ । आज उम्मेदवारको मापदण्डपनि तय गर्ने र नाममा सहमति गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..