निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाले पूरा गर्‍यो आइसागोको मापदण्ड


काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा इन्टरनेसन एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो)को मापदण्ड पूरा गरेको छ ।

सोही अनुसार निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा आइसागो प्रमाणित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।


उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको सन् २०१६ देखि निरन्तर सेफ्टी अडिट भइरहेको छ ।


लोड कन्ट्रोल, प्यासेन्जर तथा ब्यागेज ह्यान्डलिङ, एयरक्राफ्ट ह्याडिलिङ तथा लोडिङ, संगठन तथा व्यवस्थापन, एयरक्राफ्ट ग्राउन्ड मुभमेन्टमा निगमले यसअघि नै प्रमाणित भएकोमा अहिले कार्गो ह्यान्डलिङमा पनि यस्तो मापदण्ड पूरा गरेको जनाएको छ । यसबाट ग्राउन्ड ह्यान्डलिङका सबै क्षेत्रमा आइसागोको मापदण्ड पूरा भएको निगमले जनाएको छ ।

आइसागोको यस्तो प्रमाणपत्र आइटाले आवधिक रुपमा गर्ने निरीक्षण/अनुगमन, दुई/दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरे मात्र प्रदान गर्ने निगमले बताएको छ । निगमले सेवालाई निरन्तर सुधार गर्दै जाने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..