एपीएफ स्कुललाई सातवटै प्रदेशमा स्थापना गर्ने लक्ष्य छ : सशस्त्र महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा नेपाल एपीएफ स्कुल अझ बढी सक्रिय रहने विश्वास व्यक्त गरेका छन् । साथै उनले एपीएफ स्कुललाई सातवटै प्रदेशमा स्थापना गर्ने संगठनको लक्ष्य समेत रहेको पनि बताए ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लब हलमा नेपाल एपीएफ स्कुल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ को समापन कार्यक्रममा आइतबार बोल्दै महानिरीक्षक अर्यालले सो कुरा बताएका हुन् ।

भविष्यका कर्णधार विद्यार्थीवर्गले उच्च अनुशासनमा रही शिक्षा आर्जन गर्न मेहनतका साथ लाग्नुपर्ने उल्लेख गर्दै उनले शिक्षक, शिक्षिकाहरूले समेत अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कुलले विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताए ।

विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल एपीएफ स्कुलले उत्कृष्ट परिणाम हासिल गर्नुका साथै अतिरिक्त क्रियाकलापहरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए । कार्यक्रममा सो स्कुलका विद्यार्थीहरूले गायन, नृत्य, नाटकलगायत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..