सशस्त्र प्रहरीद्वारा १९ किलो चाँदीसहित एक भारतीय पक्राउ

धनुषा । सशस्त्र प्रहरीले भारत नेपालको सिमानाकाबाट नेपाल तर्फ ल्याउँदै गरेको १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले बताए । जटही नाका भएर साइकलमा आउँदै गरेका उनको शरीर चेकजाँच गर्दा चाँदीसहित पक्राउ गरेको खडकाले जनाए।


बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको उनले बताए ।थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..