कामु प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट विदाइ


काठमाडौं । सर्वोच्च अदालतले कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार विदाइ गरेको छ । दुई दिनपछि कार्की विदेश भ्रमणमा जाने र पदावधि सकिँदासम्म स्वदेश नफर्कने भएकाले आइतबार नै सर्वोच्च अदालतले उनको विदाइ गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आइतबार कामू प्रधानन्यायाधीश कार्कीको विदाइ भएको पुष्टि गरे । ६५ वर्षे उमेर हदका कारण आगामी १७ असोजमा कामू प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट अवकाश हुँदैछन् ।


दुई दिनपछि कार्की विदेश भ्रमणमा गएमा स्वतःवबरिष्ठतम न्यायाधीशका हैसियतले हरिकृष्ण कार्की नयाँ कामू प्रधानन्यायाधीश हुनेछन् ।

महाभियोग प्रस्ताव दर्ता भएका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हाल निलम्बनमा छन् । आगामी २७ मंसिरमा उनको पदावधि सकिन्छ । त्यसपछि मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..