चोरी मुद्दाका फरार अभियुक्त चाबहिलबाट पक्राउ


काठमाडौं । प्रहरीले चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६, जोरपाटी घर भएका ३२ वर्षीय राजु तामाङ रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चाबहिलबाट नगद, सुन र फलामको रडसहित पक्राउ गरेको हो ।


उनीमाथि २०६९ असार ३१ गते प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दा चलाएर ललिजतपुर जिल्ला अदालतबाट कैद तथा नरिवाना सुनाइएको थियो।


यस्तै २०७५ साल असोज २१ गते प्रहरीवृत बौद्धबाट चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ वर्ष र ५० हजार जरिवाना भएकोमा उच्च अदालत पाटनबाट ३ वर्ष कैद र ३० हजार जरिवाना छुट गराएको रहस्य खुलेको थियो ।


पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्‍यक कारबाहीका लागि प्रहरी वृत नयाँ बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..