नवलपरासीको सिमा नाकाबाट तस्करी


नवलपरासी । नवलपरासीको सिमा नाका बाट प्रहरीको मिलोमतोमा तस्करी बढदै गएको छ ।तस्करहरुले रातिको समयमा दिनहुँ खुल्ला रुपमा नेपालबाट केराउ भारत जाने गरेको छ ।


तस्करीमा संलग्न व्यापारीहरुले ठुलो मात्रामा सीमाक्षेत्र नजिक सामान भण्डारण गरी साईकल, मोटरसाईकल, पिकअपबाट भारतको स्थानीय बाजारहरु बहुआर, बेठवलिया, निचलौल लगायत ठाँउहरुमा पुर्‍याउने गरेको स्थानीय बताउँछन् ।


केराउको भाउ नेपाली बाजारमा सस्तो दरमा किनेर भारतीय बाजारमा महंगो दरमा बिक्री हुने हुँदा तस्करी दिनहुँ बढदै गएको हो । सीमाक्षेत्रहरु सीमा सुरक्षा तथा तस्करी नियन्त्रणका लागि शसस्त्र प्रहरी बोर्डर आउट पोष्टको उपस्थिति रहेपनि नियन्त्रण गर्न नसक्दा तस्करी मौलाएको बताइएको छ ।


स्थानीय युवाहरुले भारतीय बाजारसम्म केराउ पुर्‍याउँदा प्रति किलो ६/७ रुपैयाँ पाउने गरेका छन् । सिमावर्ती क्षेत्रको गुठी परसौनी, बसहिया, भुजहवा लगायत ठाउँमा दिनहुँ खुल्ला रुपमा तस्करी भइरहँदा पनि स्थानीय प्रशासन मौन बस्दै आएको छ ।

यसैगरी भारतबाट अबैध रुपमा कपडा, हार्डवेयरका सामानहरु, ईलेक्ट्रानिक समानहरु लगायत विभिन्न सामग्रीहरु भन्सार छलि नेपाल भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजिपी ) धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना..