संवैधानिक दायित्वबाट विचलित नहुन राष्ट्रपतिलाई प्रेस युनियनको आग्रह


काठमाडौं । नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ ।


नेपालको संविधान २०७२ले दिएको जिम्मेवारी प्रतिकूल हुने गरी राष्ट्रपतिले संसदले पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।


नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बुधबार विज्ञप्ति प्रकाशित गरी सविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपील गरेका हुन् ।‘नागरिकता विधेयक’ राजनीतिक विषय भए पनि विधेयक प्रमाणीकरण संवैधानिक जिम्मेवारी भएकोसमेत युनियनले बताएको छ ।


युनियनका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति संविधानको संरक्षक हो । संविधान पालना गर्नु गराउनु उहाँको प्रमुख दायीत्व हो ।’ दलहरूका वीचमा केही राजनीतिक असहमतिहरू भए दलहरूले नै संवादबाट समाधान गर्न आग्रह गर्दे राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित नपार्न भनेको छ ।

संसदले दोस्रो पटक पठाएको विधेयक राष्ट्रपतिबाट तोकिएको समय सीमा भित्र प्रमाणीकरण नगरेपछि राष्ट्रपति र सत्ताधारी राजनीतिक दलबीचद्वन्द्व सृजना भएको युनियनले जनाएको छ ।


संसदले पठाएको विधेयकलाई राष्ट्रपतिले रोक्ने अधिकार संविधानले नदिएको बताउँदै संविधानको संरक्षक राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट विचलित भएको युनियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..