मिटरब्याजी अनिरुद्ध साह पुर्पक्षका लागि कारगार


जनकपुर । महोत्तरीका मिटरब्याजीको आरोप लागेका अनिरुद्ध साह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
महोत्तरी जिल्ला अदालतको आदेशमा उनलाई बुधबार जलेश्वर कारागार चलान गरिएको हो ।

न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले उनलाई ठगी तथा अपराधी विश्वासघात मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।


महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका बासिन्दा मिटरब्याजी अनिरुद्धलाइ प्रहरीले गत भदौ ४ गते घरबाट पक्राउ गरेको थियो । उनले लामोसमयदेखि चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने धन्दा चलाएको आरोप छ ।गैरकानुनी रूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गरि उनले करोडौंको अकुत सम्पत्ति आर्जन गरेको आरोप पनि छ ।


मिटरब्याज तथा ठगी धन्दा चलाएर उनले ९३ विघा जग्गा जोडेको कागजात फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । साहको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुध्दीकरण आयोगलाई समेत पत्राचार गरिने बताए । उनको घरबाट ठूलोमात्रामा ऋण लगानीको कपाली तमसुक तथा गरिब विपन्नको घरघडेरी आफ्नो नाममा गराएको कागजात बरामद भएको थियो ।


मिटरब्याजमा उनका दाइ लक्ष्मण साहसहित घरपरिवारका सदस्य पनि संलग्न रहेको आरोप छ। आफूसहित परिवारका सदस्यलाई पनि साहुका रूपमा खडा गरी कपाली तमसुक बनाएर उनले ऋण लगानी गर्ने गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजिपी ) धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना..