सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको पीएसओ र सरकारी गाडी फिर्ता लियो

काठमाडौँ । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता लिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराका दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता लिएको हो । कार्यालयले स्कर्टिङमा खटिने प्रहरी टोलीलाई समेत बोलाएको छ ।

यसैगरी औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार र पछुवाका रुपमा प्रयोग हुने जीप पनि फिर्ता ल्याइएको कार्यालयले बताएको छ । संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए । तर, उनको प्रयास भने असफल भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..